2079-12-20 - Curriculum - स्वास्थ्य प्रिडिप्लोमा समकक्षता सम्वन्धी परिषद्कार्यालयको सूचना


published by CTEVT Web Admin

Click here to download the detail notice

 स्वास्थ्य शिक्षा सम्बन्धी प्रिडिप्लोमा तहका कार्यक्रमहरूको समकक्षता निर्धारण  सम्बन्धी जरूरी सूचना

सूचना प्रकाशित मिति २०७९।१२।२०

पाठ्यक्रम समितिको निर्णय बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लागू भए पछि शैक्षिक सत्र २०७८/७९ देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले प्रि-डिप्लोमा (टि-एसएलसी) तहका स्वास्थ्य शिक्षा सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू बन्द गरेको अवस्थामा विदेशी शिक्षण संस्थाबाट प्रि-डिप्लोमा तहका स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रमहरूमा शैक्षिक सत्र २०७८/७९ (जुलाई २०२१) पूर्व भर्ना भएर अध्ययन पुरा गरेर आएका व्यक्तिहरुको सूचना प्रकाशित भएको मितिले १ वर्ष भित्र मात्र निवेदन दर्ता गरी नियमानुसार समकक्षता प्रदान गरिने तर शैक्षिक सत्र २०७८/७९ (जुलाई २०२१) देखि भर्ना भई अध्ययन पुरा गरेर आएका व्यक्तिहरूको निवेदन दर्ता नहुने तथा समकक्षता समेत प्रदान नगरिने व्यहोरा सम्पूर्ण सरोकारबालाहरूलाई जानकारी गराइन्छ।

सो सम्वन्धी विस्तृत जानकारी यस परिषद् कार्यालयको आधिकारीक वेवसाइट www.ctevt.org.np मा प्रकाशित गरिएकोछ।  

निर्देशक

पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखा